Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

हैदरावाद र मुम्बाइको जित

Monday, April 10, 2017 National Power

२८ चैत, भारत – आपिएल अन्तर्गत हिजो भएको खेलहरुमा सनराइजर हैदरावाद र मुम्बाई ईन्डियन्स विजयी भएका छन् । हैदराबादमा भएको पहिलो खेलमा हैदरावादले गुजरात लायन्सलाई ९ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले व्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो । उसका लागि ड्वेन स्मिथले ३७, दिनेश कार्तिकले ३० तथा जेसन रोयले ३१ रन बनाउनु बाहेक अन्यले उल्लेखनीय योगदान दिन सकेनन् ।
हैदरावादका लागि अफगानी लेग स्पिनर रसिद खानले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ तथा आशिष नेहराले १ विकेट लिए ।
प्रत्युत्तरमा १३७ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले १५.३ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि कप्तान डेविड वार्नरले नटआउट ७६ रन बनाए भने मोसिस हेर्निक्सले नटआउट ५२ रनको योगदान गरे । गुजरातका लागि एकमात्र विकेट प्रविन कुमारले लिए ।
त्यस्तै हिजै भएको अर्को रोमाञ्चक खेलमा मुम्बाइ ईन्डियन्सले कोलकता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिलो व्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रनको योगफल तयार पारेको थियो । उसका लागि मनिस पाण्डेले सर्वाधिक ८१ तथा क्रिस लिनले ३१ रनको पारी खेले ।
मुम्बाइ ईन्डियन्सका लागि लासिथ मालिङ्गाले २ तथा हार्दिक पाण्डेले ३ विकेट लिए ।
जवाफमा १७९ रनको विजयी लक्ष्य सहित मैदानमा उर्तेको मुम्बालाई १९.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । उसका लागि नितिश रानाले ५०, पार्थिव पटेलले ३०, जस वटलरले २८ तथा अन्त्य तिर विस्फोटक व्यटिङ गरेका हार्दिक पाण्डेले ११ बलमा २९ रन जोडेका थिए ।
कोलकताका अंकित राजपुतले ३ विकेट लिए ।