Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

जीप दुर्घटनामा हवल्दारको मृत्यु,सशस्त्रका डिएसपी गम्भीर घाइते

Monday, April 10, 2017 National Power

२८ चैत, दोलखा – शसस्त्र प्रहरीका डिएसपी सम्भुजंग थापा सहितका प्रहरी कर्मचारी सवार दोलखाको सिंगटी नजिकै पर्ने विगु गाउँपालिका–७ मा जीप दुर्घटनाग्रस्त भएको छ ।
दोलखाको लामाबगरबाट चरिकोटतर्फ आउँदै गरेको जिप बिगु–६ स्थित सडकबाट करिब २५० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी रविन कार्कीले जानकारी दिए ।
कालीञ्चोक गाउँपालिस्थित अपर तामाकोसी हाईड्रोपावर सुरक्षा बेस इन्चार्जका रुपमा कार्यरत डिएसपी थापा दुर्घटनामा परेर गम्भीर घाईते भएका छन् । उनको टाउको र घाँटीमा चोट लागेको बताइएको छ भने शसस्त्रका जवान शिव कुसवार माझी घाइते भएका छ । जीपमा सवार हवल्दार मोहन बहादुर घिमिरेको मृत्यु भएको बताइएको छ । घाइते डिएसपी र जवानलाई थप उपचारको लागि काठमाडौं पठाईएको कार्कीले जानकारी दिए ।