Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

तोकिएकै समयमा कैलाली जिल्ला खुल्ला दिशामुक्त जिल्ला घोषणा नहुने पक्का ।

Monday, April 10, 2017 National Power

जिल्लामा हाल सम्म ९१ प्रतिशत घरधुरीले सौचालय निमार्ण गरेको जानकारी । वेस कैलाली द्धारा जिल्लामा संञ्चालीत खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रमको अनुगमन गरीयो । लम्कीचुहा नगरपालिकमा सेवक नेपाल द्धारा बिभिन्न वडामा सौचालय निमार्णको अवस्था बारे अनुगमन आजै सम्पन्न । चैत्र मसान्त भित्र कैलाली जिल्ला खुल्ला दिशामुक्त जिल्ला घोषणा नहुने । देवानन्द न्यौपाने लम्की चैत्र १५ चैत्र मसान्त भित्र कैलाली जिल्ला खुल्ला दिशामुक्त जिल्ला घोषणा नहुने भएको छ ।

जिल्लामा कुल घरधुरी संख्याको ९१ प्रशिसतले सौचालय निमार्ण गरी प्रयोगमा ल्याई सकीएको भएपनी स्थानिय निर्बाचनका कारण तोकीएकै समयमा जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न चुनौति थपिएको जिल्ला स्तरीय खानेपानी तथा सरसफाई स्वाच्छता समन्वय समितिका संयोजक तर्कराज जोशिले बताउनु भयो । जिल्लालाई सन् २०१६ भित्र खुल्ला दिशामुक्त घोषणा गर्ने घोषणा पत्र जारी भएको भएपनी बसाई सराई अब्यावस्थीत बसोबास, बाढी पिडित लगायतका समस्याका कारण ढिलाई हुदै आएको छ ।

समन्वय समितिले दोस्रो पटक २०७३ सालको चैत्र मसान्त भित्र जिल्ला लाई खुल्ला दिशामुक्त घोषणा गर्ने कार्यक्रम भएता पनी सरकारले बैशाख ३१ गतेकालागि स्थानिय निर्बाचन तोकेपछि प्रभावित हुने निश्चत भएको हो । तर जिल्ला समन्वय समिति कैलालीका प्राविधिक तथा जिल्ला स्तरीय खानेपानी तथा सरसफाई स्वाच्छता समन्वय समितिका संयोजक तर्कराज जोशिले हाल बिभिन्न वडा र गाउ तथा नगरहरु खुल्ला दिशामुक्त घोषणा हुनेक्रम जारी रहेको बताउनु भयो । जोशिले औपचारीकरुपमा जिल्ला लाई खुल्ला दिशामुक्त घोषणा चैत्र मसान्त भित्र गर्न नसकेपनी सबै जिल्ला बासिले घर घरमा सौचालय निमार्ण गरी प्रयोग भने गरी सक्ने विश्वास ब्यक्त गर्नु भएको छ ।

बेस कैलालीको आयोजना तथा जिल्ला स्तरीय खानेपानी तथा सरसफाई स्वाच्छता समन्वय समितिको संयोजगत्वमा आज कैलालीका पुर्वि तथा दक्षिणि जिल्लाको अनुगमनको पत्रकार संग संक्षिप्त प्रतिक्रिया दिदै जोशीले निर्बाचन आयोगले स्वीकृति दिएको क्रममा निर्बाचन लगतै जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सकिने बताउनु भयो । जिल्लामा सञ्चालित खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रमको अनुगमन । देवानन्द न्यौपाने लम्की चैत्र १५ वेस कैलालीले जिल्लामा संञ्चालन गरेको खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रमको आज अनुगमन गरीएको छ । जिल्ला स्तरीय खानेपानी तथा सरसफाई स्वाच्छता समन्वय समितिका सदस्यले बेस कैलालीले वाटर एड संस्था संगको साझेदारीमा मुक्त कमैया बस्ती, बाढी पिडित समुदाय लगायतका ठाउमा सञ्चालन गरेको खानेपानी तथा सर सफाई सम्बन्धी बिभिन्न कार्यक्रमको आज संयुक्त अनुगमन गरेको हो ।

अनुगमन कार्यक्रमा जिल्ला स्तरीय खानेपानी तथा सरसफाई स्वाच्छता समन्वय समितिका तर्कराज जोशी, शिवराज भट्ट, बेस कैलालीका लालबहादुर चौधरी, जिल्ला जन स्वाथ्य कैलालीका जन स्वाथ्य अधिकृत खगेन्द्र बहादुर शाही, खानेपानी तथा सरसफाई महासंघ कैलालीका सचिव गंगा दुलाल, गैर सरकारी महासंघ नेपालका अध्यक्ष हेमकर्ण वि.क., सामुदायिक रेडियो पश्चिम आवाजका स्टेशन म्यानेजर तथा नेपाल पत्रकार महासंघ कैलालीका सदस्य देवानन्द न्यौपाने, नेपाल पत्रकार महासंघका अध्यक्ष जगत साउद, वेस कैलालीकी सामाजिक परिचालक विजया कार्कि, जगदिश थारु, विरेन्द्र चौधरी लगायतकाको सहभागिता रहेको थियो । अनुगमनका क्रममा कैलालीको नारायणपुर, जोशिपुर, लम्कीचुहा लगायतका ठाउमा वेसले निमार्ण गरीदिएका उच्च धाराहरु निमाणर््ा भई प्रयोगमा ल्याई सकेपछि स्थानियको स्वाथ्यमा एवम दैनिकीमा परिर्बतन आएको पाईएको थियो ।

अनुगमनको क्रममा नारायणपुरमा रहेको मिलनपुर मुक्त कमैया बस्तीका बस्दै आएका ८७ घरधुरीलाई स्वच्छ खानेपानी पिलाउने उदेश्यले वेस कैलालीले करीब ८० फिट जमिनमुनि बाट पानी आउने गरी उच्चधारा निमार्ण गरेपछि त्याहाका स्थानियलाई बाढी आएको समयमा सहज र स्वाथ्य पानी पिउन सहज भएको छ । बेस कैलालीका कार्यक्रम संयोजक विनोद सिंहले संस्थाले जिल्लाका बिभिन्न ठाउमा यस्ता कार्यक्रम सञ्चालन गरी रहेको बताउनु भयो ।

खुल्ला दिसा मुक्त क्षेत्र अभियान अन्र्तगत सेवक नेपाल सेफवासद्धारा विभिन्न वाडमा अनुगमन । लोकबहादुर देउवा लम्की । कैलालीको लम्कीचुहा नगरपालिकमा सेवक नेपाल सेफवासको दोस्रो कार्यक्रम अन्र्तगत मंगलबार लम्की चुहा नगरपालिका विभिन्न वाडमा अनुगमन गरेको छ । नेपाल सरकारले नेपाललाई सन् २०१७ साल भित्रै खुल्ला दिशा मुक्त क्षेत्र घोषण गर्ने लक्ष्य लिएको छ । मंगलबार लम्कीचुहा नगरपालिकाका कर्मचारी सहति विभिन्न रेडियो, टेलिभिजन र छापा माध्यमका पत्रकारहरूको टोलीले लम्कीचुहा नगरपालिकाका विभिन्न वडामा घरदैलो गर्दै अनुगमन गरेको हो । मंगलबार गरिएको अनुगमनमा साविकको वडा नं. १ देखी १५ सम्म घरदैलो रुपमा अनुगमन गरिएको हो । १३ हजार सात सय पन्चासी घर धुरी रहेको साविक लम्कीचुहा नगरपालिकामा ९१ प्रतिशत घरधुरीमा शौचालय निर्माण भैसकेको र अब ९ प्रतिशत घरधुरी मात्र शौचालय बन्न बाकी रहेको पाइएको छ भने बाकी रहेका घरधुरीका शौचालय पनि निर्माणाधीन अवस्थामा रहेको र चैत्र मसान्त भित्रै सबै घरधुरीमा शौचालय निर्माण भैसके पछि नगरपािलिकालाई खुल्ला दिसा मुत्त क्षेत्र घोषणा गरिने सेवक नेपाल सेफवासका जिल्ला संयोजक मनोज पौड्यालले जानकारी दिनु भएको छ । सेफवासले कैलाली जिल्लाका ३३ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने भनेकोमा ९ स्थानमा निर्माण कार्य सम्पन्न भैसकेको र बाकी शौचालय पनि निर्माणाधिन अवस्थामा रहेकाले छिटै सम्पन्न हुने जनाइएको छ । यसैगरी संस्थाले १५० ओटा हेण्डपम्प निर्माण गर्ने लक्ष्य लिएकोमा २५ वटा हेण्डपम्म विभिन्न ठाउमा बनाइसकेको र बाकी पनि चाडै निर्माण गरिने ा १० ओटा लक्ष्य रहेकोमा ३ स्थानमा सम्पन्न भैसेको र बाकी निर्माणाधीन अवस्थामा रहेका छन् ।

त्यस्तै साना खानेपानी योजत्यस्तै ५० ओटा सामुदायिक विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी र वालक्लवका पदाधिकारीलाई सरसफाई सम्बन्धी नमूना रहेका जिल्लाहरुमा शैक्षिक अवोलकन भ्रमण गराइने लक्ष्य राखेको संस्थाले विभिन्न १८ ओटा विद्यलायलाई अवोलकन भ्रमण गराइसकेको र २६ ओटा विद्यालयमा सरसफाई सम्बन्धी सामाग्री वितरण गरिसकेको जनाइएको छ । कैलाली जिल्लामा हालसम्म २१ वटा साविक गाविस र एक नगरपालिका खुला दिसा मुक्त क्षेत्र घोषणा भैसकेको छ ।

-रेडियो सुदुरपश्चिम आवाज