चैत्र २७,नुवाकोट– जिल्लाकै वहुचर्चित गाउँपालिका लिखुमा चुनावी सरगर्मी वढेकोछ । विगतमा लिखु गाउँपालिकामा भएको आन्दोलनका क्रममा ३ दर्जन भन्दा घाईते भएका थिए र १७ दिनसम्म नुवाकोट वन्द भएको थियो । उक्त गाउँपालिकामा राप्रपाको तर्फवाट पार्टीका नव निर्वाचित केन्द्रिय सदस्य तथा यूवक संगठनका केन्द्रिय अध्यक्ष दिपक कुमार राईको उम्मेदवारीको चर्चाले यतिवेला राप्रपा प्रति जनलहर वढेको छ ।
नुवाकोटकै चर्चित ईमान्दार नेताको छवि वनाएका नरवहादुर राईका कान्छा छोरा दिपक कुमार राई लिखु गाउँपालिकालाई समृद्ध र विकसित वनाउनको लागी स्पष्ट खाका वोकेर चुनावी अभियानमा प्रस्तुत भएका छन् । भ्रष्ट्रचार मुक्त लिखु वानाउने सोचका साथ चुनावी मैदानमा उत्रिएका राई पार्टी भित्र पनि स्पष्ट वक्ताको रुपमा चिनिन्छन् ।
“गाई पनि हेर, दिपक भाई पनि हेर, राप्रपाले पाउने भोट जाँदैन खेर “ भन्ने मुल नारा लिएर चुनावी मैदानमा उत्रिएका राईले चुनाव जित्नेमा स्थानियहरु पनि आशावादी रहेका छन् । लिखु गाउँपालिका राई समुदायको वाहुल्यता रहेकोले पनि दिपकलाई चुनाव जित्नको लागी वातावरण सहज वन्दै गएको अनुमान स्थानिय राजनितक विश्लेषकहरुको रहेको छ ।
उता नेपाली कांग्रेसवाट लिखु गाउँ पालिकाका प्रमुखका लागी थानसिङका विनोद पाठक र लिखुकै ध्रुव श्रेष्ठ विच को उमेद्वारी हुने भन्ने विषयमा पार्टी भित्र व्यापक अन्तरदन्द्ध भैरहेको छ यदि उनिहरु दुईविचको विवाद सहमतीमा पुग्न नसकेको खण्डमा पार्टीले तेश्रो व्यक्तिलाई चुनावी मैदानमा उत्रार्ने चर्चा चलिरहेको श्रोतले वताएकोछ भने एमालेको तर्फवाट थानसिङका सुमन पाठक र एमाओवादीवाट सुर्यमतिका धर्म अधिकारीको पनि चर्चा चलेकोछ ।
मुख्यतयाः नुवाकोटमा यतिवेलाको राजनितिक सरगर्मीलाई हेर्ने हो भने नेपाली कांग्रेस र राप्रपा विच व्यापक प्रतिष्प्रधा हुने विश्लेषण राजनितिक वृत्तमा हुने गरेको छ ।
-नुवाकोट संवाददाता