Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

फर्निचर उद्योगमा आगलागी लाखौंको क्षति

Sunday, April 9, 2017 National Power

२७ चैत्र,पर्वत पोर्तेल  – आइतबार भद्रपुर ८ को किरात कोलोनी क्षेत्रमा सञ्चालित एक फर्निचर उद्योगमा आगो लाग्दा लाखौं रुपैयाँ बराबरको सम्पत्तिमा क्षति पुगेको छ ।

आगलागीबाट स्थानीय व्यवसायी देवेन्द्र बस्नेतको फर्निचर उद्योग सखाप भएको छ ।आगलागीबाट फर्निचरमा राखिएका लाखौं मूल्यका काठ र काठजन्य तयारी सामानहरु पूर्ण रुपमा नष्ट भएको छ ।

वस्नेतको फर्निचर उद्योग भने पूर्ण रुपमा नष्ट भएको छ भने दुई तलेघरमा आंशिक क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयले बिहान करिब ३ बजे विद्युत् सर्ट भइ आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

प्रहरी र स्थानीयवासी सहित भद्रपुर, बिर्तामोड , मेचीनगरको दमकलले तीन घन्टापछि आगो नियन्त्रणमा ल्याएको थियो ।