२७ चैत्र,पर्वत पोर्तेल – आइतबार भद्रपुर ८ को किरात कोलोनी क्षेत्रमा सञ्चालित एक फर्निचर उद्योगमा आगो लाग्दा लाखौं रुपैयाँ बराबरको सम्पत्तिमा क्षति पुगेको छ ।
आगलागीबाट स्थानीय व्यवसायी देवेन्द्र बस्नेतको फर्निचर उद्योग सखाप भएको छ ।आगलागीबाट फर्निचरमा राखिएका लाखौं मूल्यका काठ र काठजन्य तयारी सामानहरु पूर्ण रुपमा नष्ट भएको छ ।
वस्नेतको फर्निचर उद्योग भने पूर्ण रुपमा नष्ट भएको छ भने दुई तलेघरमा आंशिक क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयले बिहान करिब ३ बजे विद्युत् सर्ट भइ आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।
प्रहरी र स्थानीयवासी सहित भद्रपुर, बिर्तामोड , मेचीनगरको दमकलले तीन घन्टापछि आगो नियन्त्रणमा ल्याएको थियो ।