Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

स्टकहोम आक्रमणकारी पक्राउ

Sunday, April 9, 2017 National Power

२७ चैत  – शुक्रबार राजधानी स्टकहोममा गराइएको लरी आक्रमणको घटनापछि पक्राउ गरिएका व्यक्ति हमलाकारी भएको विश्वास बढ्दै गएको स्विडेनको प्रहरीले जनाएको छ।

प्रहरीले पत्रकार सम्मेलनमा पक्राउ गरिएका ३९ वर्षीय पुरुष उज्बेकिस्तानको भएको बताए।

एउटा लरी मध्य स्टकहोममा मान्छेहरुको भीडमा र एउटा पसलमा ठोक्काइँदा कम्तीमा चारजनाको ज्यान गएको थियो भने १५ जना घाइते भएका थिए।

यसअघि संदिग्ध आतंकवादी भएको आशंकामा ती व्यक्तिलाई शहरको उत्तरी क्षेत्रबाट गिरफ्तार गरिएको थियो।

प्रहरीले आक्रमणमा संलग्न भएको आशंकामा अर्का व्यक्ति पनि पक्राउ परेको विवरणलाई पनि पुष्टि गरिसकेको छैन।

आक्रमणपछि प्रधानमन्त्रीको आदेशमा नाकाहरुमा सुरक्षा कडा पारिएको छ।