Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

अवैध बोईलर कुखुरा सहित ६ जना पक्राउ

Sunday, April 9, 2017 National Power

२७ चैत बर्दिया – शनिबार भारतबाट भन्सार छली अवैध रुपमा ल्याइएको करिब पौने चार क्विन्टल बोइलर कुखुरा सहित ६ जना युवा पक्राउ परेका छन् ।

बढैयाताल गाउँपालिका सीतापुर चोकबाट जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले भारतबाट भन्सार छली अवैध रुपमा कुखुरा ल्याउँदै गरेको अवस्थामा बाँके बनकटुवा–९ बस्ने १७ वर्षीय टेकराज पोखरेल, २१ वर्षीय जयसिङ ठकुरी, २४ वर्षीय सुरेश सिंह, १८ वर्षीय कृष्ण बुढाक्षेत्री, १४ वर्षीय विवन थापामगर र १६ वर्षीय मनिस पुनमगरलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउमा पर्ने सबै जनालाई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन गुलरियामा पठाइएको जनाएको छ ।