२७ चैत, एजेन्सी–उपाधिको होडमा रहेका रियल मड्रिडले डर्वी म्याचमा एथलेटिको म्ड्रिडसंग १–१ को बराबरी खेल्दा अर्को उपाधिको दावेदार बार्सिलोना भने मालागासंग पराजित हुन पुगेको छ ।
सान्टियागो बर्नवाउमा हिजो खेलमा दुवै टिमले बराबरी खेलेका हुन । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोश्रो हाफको ५२औँ मिनेटमा पेपेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर खेल सकिन ५ मिनेट बाँकी रहँदा एथलेटिकोको लागि फ्रान्सेली स्टार ग्रिजम्यानले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
त्यस्तै अर्को उपाधिको दावेदार बार्सिलोना भने मालागासंग पराजित हुन पुगेको छ । मड्रिड डर्बीमा खेल बराबरी हुँदा त्यसको फाइदा बार्सिलोनाले उठाउन सकेन । मालागाको घरमा भएको खेलमा बार्सिलोनमा अप्रत्यासितथ रुपमा २–० ले पराजित हुन पुग्यो ।
ला लिगामा ३० खेलबाट ७२ अंकका साथ रियल पहिलो स्थानमा छ भने १ खेल बढी खेलेको बार्सिलोना रियल भन्दा ३ अंकले पछि छ ।
इपिएलमा ठूला क्लबहरुको जित
त्यस्तै इपिएल अन्तगृ गएराति सम्पन्न खेलहरुमा ठूला क्लबहरु विजयी भएका छन् । लिभरपुलले स्टोकलाई उसकै घरमा २–१ ले पराजित गर्दा, चेल्सीले बर्नमाउथलाइ ३–१ ले पराजित ग¥यो । त्यस्तै टोटनह्यामले वाटएफोर्डलाइ ह्वाइट हर्ट लेनमा ४–० ले पराजित गर्दा म्यानचेस्टर सिटिले हल सिटिलाइ ३–१ ले पराजित ग¥यो ।