Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

आइपिएलमा पन्जाव र बैंगलोरको जित

Sunday, April 9, 2017 National Power

२७ चैत, भारत – आइपिएल अन्तर्गत हिजो भएको खेलमा किंग्स इलेभन पन्जाव र रोयल च्यालेन्जर बैंगलोर विजयी भएको छ । इन्दोरमा भएको पहिलो खेलमा पन्जावले राइजिङ पुने सुपरजाईन्टस्लाई ६ विकेटले पराजित ग¥यो भने दोश्रो खेलमा बैगलोरले डेल्लीी डेयर डेभिल्सलाई १५ रनले पराजित ग¥यो ।

पहिलो खेलमा टस हारेर व्याटिङको निम्तो पाएको पुनेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रनको योथगफल तयार पारको थियो । उसका लागि वेन स्टोकले ५० तथा मनोज तिवारीले ४० रनको योगदान गरे । पन्जावका लागि सन्दिप शर्माले २ विकेट लिए ।
प्रत्युत्तरमा पन्जावले १९ औँ ओभरमा ४ विकेट गुमाइ लक्ष्य भेट्टायो । उसका लागि कप्तान ग्लेन म्याक्सवेलले ४४ तथा डेविड मिलरले ३० रनको नटआउट पारी खेले ।
पुनेका लागि इमरान ताहिरले २ तथा अशोक डिन्डा र राहुल चाहरले १–१ विकेट लिए ।

त्यस्तै हिजै भएको दोश्रो खेलमा बैगलोरले दिल्लीलाई १५ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बंैगलोरले निर्धाति २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो । उसका लागि केदार ज्यादवले सर्वाधिक ६९ रन बनाए भने कप्तान शेन वाट्सनले २४ रनको पारी खले । दिल्लीका लागि क्रिस मोरिसले ३ तथा जाहिर खानले २ विकेट लिए ।
प्रत्युत्तरमा १५८ रनको विजयी लक्ष्य पछ्याएर मैदानमा उत्र्तेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर मात्र १४२ रन बनाउन सक्यो । रिसाव पन्तले ५७ तथा साम विलिन्सले २५ रनको योगदान गरे ।
वैंगलोरका लागि विल्ली स्ट्यानलेक र इकवाल अब्दुल्लाले २–२ विकेट लिए ।