२६ चैत, भारत – १० अाैँ संस्करणकाे अाइपिएल अन्तर्गत हिजाे भएकाे खेलमा शाहरूख खानकाे काेलकता नाइट राइडर्सले गुजरात लायन्सलाइ १० विकेटले पराजित गरेकाे छ ।
टस हारेर पहिले व्याटिङकाे निम्ताे पाएकाे गुजरातले निर्धारित २० अाेभरमा ३ विकेटकाे क्षतिमा १८३ रन बनाएकाे थियाे । प्रत्युत्तरमा काेलकताले १४.५ अाेभरमा विना विकेट क्षति लक्ष्य पुरा गर्याे । उसका लागि अाेपर क्रिस लियाेनले नटअाउट ९३ रन बनाए भने कप्तान गाैतम गम्भिरले नटअाउट ७६ रन बनाए ।