Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

प्रचण्ड सरकारलेनै बजेट ल्याउने बर्षामानकाे दावी

Saturday, April 8, 2017 National Power

२६ चैत,  रूपन्देही – पूर्व अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले वर्तमान सरकारले नै बजेट ल्याउने बताउनुभएको छ ।

पुनले स्थानीय तहको निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भए पनि बजेट घोषणा गरेर मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरिने बताउनुभयो ।

आज बुटवलमा प्रेस सेन्टर प्रदेश नं ५ को गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले बजेट ल्याएर प्रचण्डले सरकारको नेतृत्व छोड्नु हुनेछ भन्नुभयोे । उहाँले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको छलफलपछि बजेट बन्ने भएकाले मन्त्री माओवादीको या अन्य पार्टीका जाँदा ठूलो असर नपर्ने बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्दै निर्वाचनको तयारी करिब अन्तिम अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो–“अब निर्वाचन सर्ने कुनै कारण छैन । मतपत्र छापिएको छ, म्यादी प्रहरीको भर्ना भएको छ । अब कसैले चाहेर पनि निर्वाचन रोकिँदैन ।’’

मधेसवादी दलहरुका मागलाई समेटेर छिट्टै संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो – “पुरानो प्रस्ताव फिर्ता हुन्छ । नयाँ दर्ताको तयारी तीन दलका शीर्ष नेताहरुबीच भएको छ ।’’

उक्त प्रस्तावले मधेसवादी दलहरुको मागलाई सम्बोधान गर्ने र निर्वाचन सहजरुपमा हुने बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा उम्मेदारको छनोटको जिम्मा प्रदेशलाई प्रदान गरेको भन्दै माओवादीले तालमेल गरेर चुनाव लड्ने बताउनुभयो । स्थानीय तहमा तालमेल गर्दा काँग्रेस, एमाले अथवा अरु दलहरुसँग अवस्था हरेर तालमेल गर्ने प्रस्ट पार्नुभयो ।