Friday 19th April 2024

    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै

कमल थापानै पहिलो वरियताको उपप्रम भएको प्रचण्डको भनाइ, निधिले सरकार छाड्न सक्ने

Friday, April 7, 2017 National Power

२५ चैत, काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहालले आफु पछि मर्यादाक्रममा कमल थापा रहने बताएका छन् । माओवादी केन्द्रको  हिजोको  वैठकमा यस सम्बन्धि व्रिफिङ गर्दै प्रधानमन्त्रीले काँग्रेस सभापति शेर बहादुर देउवाको सहमतिमा नै थापालाई दोश्रो वरियता दिने सहमति भएको भन्दै आफु पछि मर्यादाक्रममा थापा नै भएको बताएका हुन् ।

यस अघि मर्यादाक्रममा विवाद भएपछि तीन साता देखि मन्त्री परिषद्को वैठक बस्न सकेको छैन भने प्रधानमन्त्री चीन भ्रमण जाँदा कसैलाई पनि का.वा. प्रधानमन्त्रीको जिम्मेवारी दिन सकेका थिएनन् ।

निधिले सरकार छोड्न सक्ने
यसैविच अर्का उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकार छाड्ने बताएका छन् । प्रधानमन्त्रीले आफुलाइृ दोश्रो मर्यादाक्रम नदिने भएपछि आफु सरकारमा नबस्ने बताएका हुन् । विहिबार नेपाली काँग्रेसका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको भेला गरी निधिले आफु सबैभन्दा ठूलो दलको नेतृत्व गर्दै सरकारमा प्रतिनिधित्व गरिरहेको हुँदा दोश्रो वरियता पाउनु पर्ने बताए । तर कांग्रेसी मन्त्रीहरले भने चुनावको मुखमा सरकार छाड्दा नकारात्मक सन्देश जाने भन्दै वरियता विवादलाई ठूलो इस्यु नबनाउन आग्रह गरेका छन् ।

उनले काँग्रेसी मन्त्रीहरुको भेला गरी ३ घण्टा भन्दा बढी अहिले सम्म गरेको कामको व्रिफिङ गरेका थिए ।

निधिले छोडे उनको ठाउँमा गोपालमान ल्याइने


यसैविच काँग्रेस सभापति देउवा निकट सुत्रका अनुसार विमलेन्द्र निधिलाई सकेसम्म सरकार नछोड्न देउवाले मनाउने प्रयात्न गर्ने छन् । त्यती गर्दा पनि निधिले नमानेमा गोपालमान श्रेष्ठले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी पाउने सम्भावना रहेको छ ।