Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

सिरियामा सैन्य हमला गर्न ट्रम्पको आदेश

Friday, April 7, 2017 National Power

२५ चैत, सिरिया – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता भएको रासायनिक हतियार हमलामा सिरिया सरकारको हात भएको भन्दै त्यस्तो आक्रमण भएको शंका लागेको स्थानमा अमेरिका सैन्यले हमला गर्न आदेश दिएको बताएका छन् ।
केही दिन यता सिरिया सरकारले विद«ोहीको नाममा आम जनता माथि रासायिनक हतियार प्रयोग गरेको भन्दै यो अमेरिकी सुरक्षा नीति विपरित भएको जनाएका छन् ।


यसअघि अमेरिकी अधिकारीहरुले सिरियामा गरिएको रासायानिक आक्रमणको प्रतिक्रियामा सम्भावित सैनिक कदमबारे विचार गरिरहेको बताएका थिए।
अमेरिकी क्षेप्यास्त्रहरुले मंगलबार रासायनिक आक्रमणका लागि प्रयोग गरिएको भनिएको सेराहत स्थित हवाई अखडामा आक्रमण गरेको अधिकारीहरुलाई उदृत गर्दै उल्लेख गरिएको छ।
सिरियान सरकारले अमेरिकाको यो हमला प्रति आक्रोस व्यक्त गरेको छ ।