२५ चैत, भारत – १० औ संस्करणको आइपिएल अन्तर्गत महाराष्ट्र डर्बीमा हिजो भएको दोश्रो खेलमा राईजिङ पुने सुपरजाईन्ट्सले मुम्बाई ईन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले व्याटिङको निम्तो पाएको मुम्बाईले निर्धारि २० ओभरमा ८ विकेट गुमाएर १८४ रनको ठूलो योगफल तयार पारेको थियो । उसका लागि जस बटलरले सर्वाधिक ३८ रन बनाए । पार्थिव पटेलसंग इनिङको ठोस सुरुवात गरेका बटलरले १९ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । यी दुइले पहिलो विकेटका लागि ४ ओभरमा ४५ रनको साझेदारी गरेका थिए ।
विस्फोटक सुरुवात गरेको यो जोडीलाई दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिरले तोडेका थिए । लगतै ताहिरले कप्तान रोहित शर्मालाई क्लिन बोल्ड गर्दा जस बटलरलाई एलविडब्लु धरापमा पारेका थिए ।
६२ रनमा ३ विकेट गुमाएको अवस्थामा मुम्बाइका नितिश राना, अम्बाती राईडु र केरोल पोलार्डले १९ औँ भोभरमा १५४ रनको स्थितीमा पु¥याएका थिए ।
अन्तिम ओभरमा बलिङ गर्न आएका पुनेका अशोक डिन्डाको ओभरमा मुम्बाइका हार्दिक पान्ड्याले ३० रन बनाएपछि मुम्बाइ १८४ रनको ठूलो स्कोर बनाउन सफल भयो । पुनेका लागि इमरान ताहिरले ३ विकेट लिँदा, रजत भाटियाले २ तथा एडम जाम्पा र बेन स्टोकले १–१ विकेट लिए ।
प्रत्युत्तरमा पुनेले खेल सकिन १ बल बाँकी रहँदा विजयी लक्ष्य भेट्टायो । उसका लागि कप्तान स्टिव स्मिथले नटआउट ८४ रनको पराी खेले भने ओपनर अजिन्क्य रहानेले ६० रनको पारी खेले । पुर्व कप्तान महेन्द्र सिंह धानी भने १२ रनमा नटआउट रहे ।
मुम्बाइका लागि टिम साउदी, हार्दिक पान्ड्या र मिचेल म्यागघलानले १–१ विकेट लिए ।