Monday 14th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

वरियाता विवादले तीन साता देखि मन्त्रीपरिषद् वैठक बस्न सकेन

Thursday, April 6, 2017 National Power

२४ चैत, काठमाडौं – विगत ३ साता देखि उपप्रधानमन्त्रीको वरियाता नमिल्दा बस्न नसकेको मन्त्री परिषद्को बैठक विहिबार पनि बस्न सकेन । उपप्रधानमन्त्रीको दोश्रो वरियातामा विमलेन्द्र निधि र कमल थापा मध्य को रहने भन्ने विवाद रहि आएके छ ।

मौखिक रुपमा काँग्रेस सभापति शेर बहादुर देउवाले दोश्रो वरियातामा प्रदान गर्ने सहमती भएपछि आफु सरकारमा गएको कमल थापाले दावी गर्दै आएका छन् । तर नेपाली काँग्रेसबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा गृहमन्त्री निधि भने आफु नै दोश्रो वरियातामा रहेको दावी नछोडेपछि विवाद छताछुल्ल भएको हो ।

यहि विवादका कारण विगत तीन साता देखि मन्त्री परिषद्को वैठक बस्न सकेको छैन भने प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा पनि कार्यवाहक तोक्न सकेका थिएनन् ।