Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

हाकिमले दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग

Thursday, April 6, 2017 National Power

२४ चैत्र,  दैलेख  – दैलेख जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक महिला जवानले हाकिमले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकी छिन् ।

जिप्रकामा कार्यरत रेखा कुँवरले म्यादी प्रहरी भर्ना छनौट स्थलमा डिएसपी केदार रजौरेले दुर्व्यवहार गरेको भन्दै महिला तथा बालबालिका सेललाई बोधार्थसहित भेरी अञ्चल प्रहरी प्रमुखको कार्यालयमा उजुरी दिएकी छिन् ।

‘कर्तव्य पालनाका सिलसिलामा कुनै गल्ती भए कार्यालयमा बोलाई सजाय दिनुपर्नेमा सार्वजनिक स्थलमा कुटपिट गरी पदीय आचरण विपरीतको काम गरेकाले निजउपर कारबाहीको माग गर्दछु’भनेर उनले उजुरी मा उल्लेख गरेकी छन् ।

म्यादी प्रहरी भर्नाका सिलसिलामा २० गते डिएसपी रजौरेले दुर्व्यवहार गरेको उनको आरोप लगाएपछि डिएसपीले दुर्व्यवहार गरेको नभई आफूले हपारेको जिकिर गरे ।

सामान्य घटनालाई महिला प्रहरी जवानले उचालेको प्रहरी प्रमुख विजयलाल कायस्थले बताए ।