२४ चैत, भारत – १० औँ संस्करणको इन्डियन प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता सनराइजर हैदराबादले विजयी सुरुवात गरेको छ । राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा हिजो सम्पन्न खेलमा हैदरावादले गतबर्षको उपविजेता रोयल च्यालेन्जर वैंगोलरलाइ ३५ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०७ रनको विशाल योगफल तयार पारेको थियो । उसका लागि युवराज सिंहले सर्वाधिक २७ बलमा ६२ रन बनाएका थिए । त्यस्तै मोसिस हेन्रिक्सले ३७ बलमा ५२ रन बनाउँदा ओपर शिखर धवनले ४० रनको योगदान दिएका थिए ।
बैंगलोरका लागि टाइमल मिल्स, युजविन्दर चाहाल, अंकित चौधरी र स्टुवार्ट विन्नीले १–१ विकेट लिएका थिए ।
जवाफमा २०८ रनको विजयी लक्ष्य पछ्यार मैदानमा उत्रेको बैंगलोरले १९.४ ओभर सबै विकेट गुमाउँदै मात्र १७२ रन बनाउन सक्यो ।
आफ्ना मुख्य खेलाडीहरु विराट कोहली, एविडि भिलियर्स, के एल राहुल, मिचेल स्टार्क लगाएतलाइ चोटले सताएपछि गत बर्षको उपविजेता वैंगलोर सेन वाट्सनको कप्तानीमा मैदानमा उत्रेको थियो ।
क्रिस गेल र मन्दिप सिंहले राम्रो सुरुवात गरे पनि त्यसलाइ ठूलो स्कोरको लक्ष्यले बैंगलोरलाइ दवाव राख्यो र मात्र १७२ रन बनाउन सक्यो । उसका लागि क्रिस गेल सर्वाधिक ३२ रन बनाए । त्यस्तै मन्दिप सिंहले २४, त्रविस हेडले ३०, केदार ज्यादवले ३१ तथा कप्तान सेन वाट्सनले २२ रन बनाए ।
हैदरावादका लागि पहिलो पटक आइपिएल खेलीरहेका अफगानिस्तानका युवा लेग स्पिनर रसिद खानले, आशिष नेहरा, भुवनेश्वर कुमारले २–२ विकेट लिए भने दिपक हुड्डा र विपुल शर्माले १–१ विकेट लिए ।
आइपिएल अन्तर्गत आज पुनेमा मुम्बाइ इन्डियन्स र पुने सुपरजाइन्टस् वीच खेल हुने छ ।