Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

प्रभावकारी ढंगबाट काम गर्न उपप्रधानमन्त्री थापाकाे निर्देशन

Thursday, April 6, 2017 National Power

२४ चैत,  नुवाकोट – उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान कार्यान्वयनका क्रममा स्थानीय तहसम्बन्धी व्यवस्था कार्यान्वयनमा आउनु ठूलो परिवर्तन भएकाले कार्यालय स्थापना गरेर कार्य सम्पादन हुनका लागि केही समय लाग्ने बताउनुभएको छ ।

विदुरमा जिल्ला समन्वय समितिको कार्यालयको अवलोकन तथा कर्मचारीलाई निर्देशन दिने क्रममा उपप्रधानमन्त्री थापाले सबै स्थानीय तह, प्रदेश र केन्द्र गरी संविधानले तीनवटा सरकारको परिकल्पना गरेअनुसार पहिलो चरणको स्थानीय तह कार्यान्वयनमा आएकाले यो उपलब्धीलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले संविधानप्रदत्त स्वायत्त रहने स्थानीय सरकार स्थानीय तहबाट कार्यसम्पादनमा जटिलता उत्पन्न हुने भए पनि सबैको सहयोगमा काम सुरु गर्न जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका समन्वय अधिकारी केशरबहादुर पण्डितले हाल नुवाकोटमा भइरहेको समग्र वस्तु स्थितिबारेमा जानकारी गराउनुभएको थियो । उहाँले भौगोलिक विकटता, जनशक्ति अभावलगायत कारणले भूकम्पपछिको पुनःनिर्माणमा दोस्रो किस्ताको रकम वितरणमा सुस्तता भएको र नीतिगत अस्पष्टताको बारेमा उपप्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा नुवाकोटका १२ वटै स्थानीय तहका कार्यकारी अधिकृत, वडा सचिवलगायतको सहभागिता रहेको थियो ।