Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

बैशाख २ पोखरामा कविता कन्सर्ट हुँदै

Wednesday, April 5, 2017 National Power

२३ चैत, पोखरा – कन्सर्ट पव्लिक इभेन्टको आयोजनामा आगामी  गते  पोखरामा कविता कन्सर्ट हुने भएको छ । कविता कन्सेप्टमा अघिल्लो वर्षदेखि सुरु भएको हो ।

बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनले कन्सर्ट बाजेको सेकुवा पार्टी प्यालेस एण्ड रेष्टुरेण्टको सभाहलमा हुने जानकारी दिईएको छ।

पव्लिक इभेन्ट संयोजक सञ्जय मल्लले साहित्यमा क्षेत्रमा  टेवा पुर्‍याउँदै कवितालाई व्यवसायिक रुप दिने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागिएको बताए । कन्सर्टमा ख्यातिप्राप्त, चर्चित कवि विप्लव पौडेल, उपेन्द्र सुब्बा र मोमिला जोशीले कविता वाचन गर्ने पनि बताए ।

त्यस्तै कार्यक्रम संयोजक उपेन्द्र पौडेलले कन्सर्टमा गायक लोचन भट्टराई, कर्ण दास र इतु जोजिजुले कविता गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने  बताए ।