Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

“दशैँ अघि मेलम्चीकाे पानी वितरण गर” – सार्वजनिक लेखा समिति

Wednesday, April 5, 2017 National Power

२३ चैत, काठमाडौं – संसद्को सार्वजनिक लेखा समितिले मेलम्चीको पानी आगामी दसैंभित्रै काठमाडौंबासीलाई वितरण गर्ने गरी काम गर्न निर्देशन दिएको छ।

समिति सभापति डोरप्रसाद उपाध्यायले खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत मेलम्ची खानेपानी आयोजनालाई निर्देशन दिइएको मंगलबार जानकारी दिए। समितिले बैठकले आयोजना तोकिएकै समयमा वातावरणमैत्री ढंगबाट सम्पन्न गरी काठमाडौंबासीलाई पानी वितरण गर्न निर्देशन दिएको छ।

आयोजनाको वित्तीय प्रगतिविवरण र आयोजना लागत बढ्नुको कारणसहितको विवरण पेस गर्न पनि समितिले निर्देशन दिएको छ।
समिति बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मेलम्ची तोकिएकै समयमा आउनेमा ढुक्क भएर बस्न आग्रह गरे। उनका अनुसार मेलम्ची काठमाडौैंछेउमै आइपुगिसकेको छ।

अब भित्र प्रवेशको औपचारिकता पूरा गर्न मात्रै बाँकी छ। पानी आउनुअगाडि नै आगामी असारमा बागमतीको पानी राखेर उपत्यकाको धारा तथा पानीको पाइपको प्रेसर मापनको परीक्षण हुने भएको छ।

सचिव उपाध्यायका अनुसार सुन्दरीजलमा बनाइएको पानी ट्यांकीमा बागमतीको पानी राखेर परीक्षण गरिनेछ। असारमा बागमतीको पानीको प्रवाह बढ्ने भएकाले पनि यो पानीमार्फत परीक्षण हुने भएको हो।

सुन्दरीजलमा बनाइएको ट्यांकीको क्षमता साढे आठ करोड लिटरको भएकाले दुईपटक काठमाडौंका सबै पानीको धारा तथा पाइपमा पानीको प्रेसर मापन हुने उल्लेख छ। यो आयोजनाका लागि हालसम्म २१ अर्ब रुपैयाँ खर्च भइसकेको छ।आयोजना पूरा गर्न अझै साढे तीन अर्ब रुपैयाँ खर्च हुने सचिव उपाध्यायले बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।