Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

पत्रकार महसंघको अधिवेशन स्थानीय चुनाव पछि हुने

Tuesday, April 4, 2017 National Power

२१ चैत, काठमाडौं –  पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महसंघको अधिवेशन स्थानीय चुनावका कारण एक महिना पछि सरेको छ ।

आइतबार नगरकोटमा डा. महेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न बार्‍हौं पूर्ण बैठकले हरेक तीन वर्षमा मे तीन वैशाख २० २१ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हुँदै आएको अधिवेशन यसपाली एक महिनापछि सारेको हो ।

स्थानिय निर्वाचनमा पत्रकारहरु समाचारमा केन्द्रित हुनुपर्ने भएकोले महासंघको निर्वाचन एक महिना पछि गर्ने निर्णय गरिएको महासचिव उजीर मगरले बताए । यदि बैशाख ३१ मा स्थानीय चुनाव नभएमा भने महासंघको अधिवेशन बैशाख २० मै हुने छ ।

महासंघको बैठकले चुनाव हुन बाँकी जिल्ला शाखा, एशोसिएट र प्रतिष्ठानले आउँदो ७ बैशाखभित्र चुनाव गरिसक्नु पर्ने नगर्ने शाखालाई २५ औं महाधिवेशनमा सहभागी नगराउने निर्णय समेत पत्रकार महासंघले गरेको छ ।