Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

पत्रकार महसंघको अधिवेशन स्थानीय चुनाव पछि हुने

Tuesday, April 4, 2017 National Power

२१ चैत, काठमाडौं –  पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महसंघको अधिवेशन स्थानीय चुनावका कारण एक महिना पछि सरेको छ ।

आइतबार नगरकोटमा डा. महेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न बार्‍हौं पूर्ण बैठकले हरेक तीन वर्षमा मे तीन वैशाख २० २१ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हुँदै आएको अधिवेशन यसपाली एक महिनापछि सारेको हो ।

स्थानिय निर्वाचनमा पत्रकारहरु समाचारमा केन्द्रित हुनुपर्ने भएकोले महासंघको निर्वाचन एक महिना पछि गर्ने निर्णय गरिएको महासचिव उजीर मगरले बताए । यदि बैशाख ३१ मा स्थानीय चुनाव नभएमा भने महासंघको अधिवेशन बैशाख २० मै हुने छ ।

महासंघको बैठकले चुनाव हुन बाँकी जिल्ला शाखा, एशोसिएट र प्रतिष्ठानले आउँदो ७ बैशाखभित्र चुनाव गरिसक्नु पर्ने नगर्ने शाखालाई २५ औं महाधिवेशनमा सहभागी नगराउने निर्णय समेत पत्रकार महासंघले गरेको छ ।