२२ चैत, सोलुखुम्बु – झाँक्रीले बिरामी माथिको बोक्सी धपाउने भन्दै आगो खेलाउँदा अनुहारमा आगो लागेर झाँक्री आफैं गम्भीर घाइते भएका छन् ।
गएराति महाकुलुङ सोताङ गाउँपालिका घर भएका झाँक्री कर्णबहादुर नेपालीले गाउँपालिका–४ गुदेलमा एक बिरामीको उपचार गराउने क्रममा मुखमा पेट्रोल राखी आगो नचाउँदै गर्दा अकस्मात अनुहारमा परेको आगोले जलेर उनी बेहोस भई ढलेका थिए ।
नेपालीको गुदेल स्वास्थ्य चौकीमा उपचार भइरहेको गुदेल स्वास्थ्य चौकीका प्रमुख रामु केसीले जानकारी दिए ।