Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

निर्वाचनमा उम्मेदवार बन्न तीन जना शिक्षकले जागिर छाडे

Tuesday, April 4, 2017 National Power

 

२२ चैत, काँकडभिट्टा – आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ झापामा दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले जागिर छाडेका छन् ।

राजनीतिमा होमिने लक्ष्यका साथ उनीहरूले जागिरबाट हालै राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा बुद्ध आधारभूत विद्यालय घेराबारीका प्रधानाध्यापक कालिन्द्रसिंह राजवंशी, अर्जुनधारा नगरपालिकाको शिवनारायण प्राविकी प्रधानाध्यापक सरस्वती सिटौला शिवसताक्षी नगरपालिका–६ मा रहेको जनआदर्श माविका शिक्षक लोकबहादुर रोक्का रहेका हुन् ।

उनीहरूमध्ये सिटौला र राजवंशी नेपाली काँग्रेस र रोक्का एमाले बाट उम्मेदवार बन्न लागेको खुलस्त बताउँछन् ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशील उहाँलाई पार्टीले गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाउँछ भन्नेमा विश्वास छ ।

उनीहरु भन्छन्, “पार्टीभित्र थुप्रै आकांक्षी हुनुहुन्छ, जागिर नै छाडेर आएको हुँदा मूल्याङ्कन हुन्छ जस्तो लाग्छ ।”

जिल्ला शिक्षा कार्यालयका अधिकृत दिनेश आचार्यले तिनै जना शिक्षकको राजीनामा स्वीकृत भइसकेको बताए ।