Friday 21st January 2022

    फेवातालमा तैरीरहेको अबस्थामा भेटीए विदेशी नागरीक    दलका धेरै नेतामा कोरोना संक्रमण    सुनको मूल्य तोलामा ९३ हजार ८०० रुपैयाँ पुग्यो    राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य    राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन

विश्वका सुन्दरीको सूची नायिका प्रियंका चोपडा दोस्री स्थानमा

Tuesday, April 4, 2017 National Power

विश्वका सुन्दरी महिला सूचीको दोस्री स्थानमा बलिउड नायिका प्रियंका चोपडा परेकी छन् ।

हलिउड नायिका एमा वाटसन, एम्मा स्टोन, एन्जेलिना जोलीलगायतलाई पछि पार्दै प्रियंका दोस्रो स्थान सुरक्षित गर्न सफल भएकी छन् ।

बजनेट वेवसाइटले गरेको सर्वेक्षणमा विश्वकी सुन्दरी महिलाको सूचीमा पहिलो स्थानमा गायिका बियोन्स परेकी छन् भने, प्रियंका विश्वको दोस्री राम्री महिला बन्न सफल भएकी छन् ।

उनले अभिनय गरेको हलिउड चलचित्र ‘बेवाच’ प्रदर्शन हुन बाँकी नै छ । ‘बेवाच’मा प्रियंकाले खलपात्रको भूमिका निर्वाह गरेकी छिन् ।

यस वर्षको ओस्कार अवार्ड बिजेता नायिका एमा स्टोन १२ औं स्थानमा परेकी छन् ।