Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना मङ्गलबारदेखि सञ्चालन हुने

Tuesday, April 4, 2017 National Power

२२ चैत, काठमाडाैँ – युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि मङ्गलबारदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा उपत्यकाभित्रका १६ वटा कलेजले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

कलेजस्तरमा रहेका प्रतिभावान् क्रिकेट खेलाडीले एउटा स्तरीय प्रतियोगिताको माध्यमबाट आफ्नो खेल कौशल देखाउन सकुन् भन्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष सुमनराज कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच खेलाडी र उदयमान अन्य तीन खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले एक वर्षसम्म निःशुल्क प्रशिक्षण र प्रतियोगिता खेलाउने जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीका साथै रु एक लाख पाउनेछ भने उपविजेताले रु ५० हजार प्राप्त गर्नेछ । यही चैत २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको अनुमानित खर्च रु १० लाख लाग्ने आयोजकको भनाइ छ । उद्घाटनको पहिलो खेलमा टियु कलेजले एनइसी ‘बी’ कलेजको सामना गर्नेछ भने दोस्रो खेल ग्लोबल कलेज र एनइसी ‘ए’ बीच हुनेछ ।