Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

एनसेलबारे प्रधानमन्त्रीले लेखा समितिमा जवाफ दिने

Tuesday, April 4, 2017 National Power

२२ चैत, काठमाडौँ  – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिलाई दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर भुक्तानीका विषयमा सरकारले गरिरहेको काम कारवाहीको बारेमा जानकारी दिनुहुने भएको छ ।

समितिको यही चैत २७ गते ११ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण काम कारबाहीका बारेमा जानकारी गराउनुहुने समितिका सभापति डोरप्रसाद उपाध्यायले राससलाई बताउनुभयो ।

रासससँग कुरा गर्दै सभापति उपाध्यायले समितिको अघिल्लो बैठकको निर्णयअनुसार एनसेलको पूँजीगत लाभकरका विषयमा प्रधानमन्त्रीसँग नै जानकारी लिने निर्णय भएअनुसार आज बैठकको मिति तय गरिएको हो । ‘‘प्रधानमन्त्रीज्यूले बैठकमा नै सबै विषयमा प्रष्ट धारणा राख्छु भन्नुभएको छ । समितिले पनि आवश्यक तयारी गर्छ”–सभापति उपाध्यायले भन्नुभयो ।

एनसेलको पूँजीगत लाभकरका विषयमा परस्पर विरोधी विषय सार्वजनिक भएपछि संसदीय समितिले प्रधानमन्त्रीको जवाफ मागेको थियो । स्वीडेनको टेलिया सोनेरा कम्पनीले सरकारलाई पूँजीगत लाभकर नतिरी मलेसियन कम्पनी एक्जियाटालाई एनसेलको स्वामित्व हस्तान्तरण गरेको थियो ।

कम्पनीका नेपाली साझेदारले रु १० अर्ब पूँजीगत लाभकर तिरेपनि टेलियाले भने रु ४३ अर्ब पूँजीगत लाभकर हालसम्म तिर्न अस्वीकार गर्दै आएको छ ।

उता अर्थ मन्त्रालयले लाभकरका विषयमा भइरहेको प्रगतिका बारेमा जानकारी गराउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको छ । अर्थसचिव शान्तराज सुवेदीले विभागका महानिर्देशक चुडामणि शर्मालाई सो निर्देशन दिनुभएको हो ।