Wednesday 28th October 2020

    जो जहाँ छौं , त्यहीँ बसेर हाँसी खुशी दशैं मनाऔं    दक्षिण एशियामा चीनलाई अमेरिकाको काउन्टर    जनचेतना नेपालद्वारा काभ्रेकाे माझी गाउँमा दशैंको शुभकामना साँट्दै ४९ परिवारलाई खाद्यान्न वितरण    थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो    अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न

बालबालिकालाई नपिटेर पनि तह लगाउन सकिन्छ

Monday, April 3, 2017 National Power


    कतिपय अभिभावकहरु बच्चाहरुलाई कुटपिट गरेर, हप्काएर तह लाग्छन भन्ने गलत सोच भएका हुन्छन् । बच्चाहरुलाई डर, धम्की, त्रास र शारीरिक सजायले गर्दा उनीहरुले गलत कुरा सिक्न तिर जान्छन् र कलिलो मस्तिष्कमा ह्रास आउँछ । आफुभन्दा ठूला अभिभावकहरुबाट पिटाइ, हप्काईले गर्दा नै बालबालिकाहरुमानिराशा हुने गर्छन् ।

          हप्काइ र पिटाईले समस्या समाधान गर्न नभइ उनीहरुको कलिलो मानसिकतामा नकारात्मक असर पर्न जान्छ । सानो उमेरमा यस्ता यातनाहरु भागेपछि उनीहरुको दिमागमा जीवनभर नकारात्मक र निराशाजनक कुराहरुले जडा गडिरहेको हुन्छ । त्यसैले अभिभावकले बालबालिकाहरुसंग जस्तो व्यवहार गर्ने गर्छन उनीहरुले पनि त्यही सिक्ने गर्छन ।

   कुनै बेला जानी नजानी गल्ति गरिहाले भने पिट्नु र हप्काउनु हुदैन बरु उनीहरुलाई मिठास बोलीमा राम्रोसंग बुझाईदिनुपर्छ । घरमा पनि उनीहरुलाई सरसफाइ,सुरक्षाका उपाय,खाने खाने ,पढ्ने ,गृहकार्य गर्ने ,खेल्ने नियमको शुरुदेखि नै सिकाउनुपर्छ । बालबालिकाहरुले अभिभावकलाई सताउने भएकाले बच्चाहरुले बाहिर साथीहरु सँग खेलिरहेकाछन भन्ने हुन्छ तर पछि उनीहरुको बानी त्यस्तै हुन्छ ।

  शारीरिक सजायले गर्दा बालबालिकालाई सही र गलत छुट्याउन नसक्ने हुन्छन् । कुटेरै सहिबाटो आउछन भन्ने गलत सोचको कुनै अर्थ छैन । सकिन्छ भने अहिले देखि नै उनीहरुलाई राम्रो बानीको विकास गर्न आवश्यक छ । कुनै पनि अभिभावकको सोच हुदैन कि मेरो सन्तान बिग्रियोस ,नराम्रो बनोस भन्ने । उनीहरुलाई सकारात्मक कुरा देखि अभिभावकले भनेको कुरा नमानेमा के हुन्छ भन्ने कुरा पहिले न्े बुझाईदिनुपर्छ । कलिला बालबच्चालाई पिट्नु भनेको उनीहरुले राम्रै कुरा रहेछ भन्ने बुझ्न सक्छन र त्यस्तै सिको गर्छन् ।त्यसैले पिटाइबाट उनीहरुले अरुलाई पिट्दा पनि हुन्छ भन्ने बानीको विकास हुन्छ ।

  पिटाईले बालबालिकाको पढाईमा असर त पर्छ नै उनीहरुले सजिलै साथी बनाउन सक्दैनन्,साथीहरुसँग घुलमिल पनि हुदैनन र एक्लो महशुस पनि गर्न थाल्छन । त्यसकारण अभिभावकले पनि उनीहरुले गरेका जतिपनि राम्रा कामहरु थाहा पाएर प्रशंसा गर्नुपर्छ ।आफ्ना सन्तानलाई अभिभावकले कति माया गरिन्छ भन्ने कुरा पनि जानकारी गराउनुपर्छ ।
पिटाइले उनीहरुलाई रीसाह प्रवृत्ति बनाउन सक्छ । यसले उनीहरुमा नराम्रो बानी व्यवहारको थप कारण पनि सिकाउनसक्छ । उनीहरुले यो पनि सिक्नसक्छन कि म नराम्रो छु नराम्रै गर्छु भनेर सोचिरहेका हुन्छन् ।यसका लागि उनीहरुले व्यवहार केहि नराम्रो गरिहाले भने हतारिएर गाली गर्नु पर्ने,पिट्नु नै पर्दैन बरु रोक्नुपर्छ ।बरु उनीहरुलाई एकान्तमा एकछिनका लागि भएपनि छोड्नुपर्छ र एउटै ठाउमा छोड्नुपर्छ । त्यसपछि उनीहरु आफुले गरेको गल्ति भुलेर खेल्न थाल्छन अनि उनीहरुसंग आफुले कुरा गर्नुपर्छ ।

  त्यसैले आफ्नो बालबालिकालाई नपिटेर पनि तह लगाउन सकिन्छ उनीहरुलाई निडर बनाउन साथीको जस्तै व्यवहार देखाउनुपर्छ । नराम्रो बोली ,व्यवहारबाट टाढा राख्नुपर्छ ।उनीहरुप्रति आफुबाट कस्तो व्यवहार भैरहेको छ भन्ने कुरामा आत्मसमीक्षा गर्नु पनि राम्रो हुन्छ ।

  आफ्नो समय र उनीहरुको समय कसरी हुन्छ उपयोग गर्ने तथा बालबालिकाको सेवामा कसरी हुन्छ र घरेलु हिंसा हुन नदिन के पनि गर्न सकिन्छ भन्ने कुरा मनन गर्न सकिन्छ । आवेगमा आएर पिट्नुपर्ने ,झर्केर बोल्ने,हप्काउनु पर्ने जस्ता व्यवहारले गर्दा उस्को मानसिकतामा भय उत्पन्न हुन्छ । सानो हुँदा जे सिक्छ भविस्यमा पनि त्यहि गर्छ भने अभिभावकले उनीहरु भन्दा ठुलो हौँ भन्ने र उनीहरुलाई सम्झाई,बुझाई ,नपिटेर नै उनीहरुलाई राम्रो व्यवहार सिकाउन जरुरी छ ।