Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

त्रिभुवन विमानस्थलमा चितुवा पसेपछि केहीबेर उडान र अवतरण अवरुद्ध

Monday, April 3, 2017 National Power

२१ चैत, काठमाडौं – त्रिभुवन विमानस्थलमा चितुवा पसेपछि केहीबेर उडान र अवतरण अवरुद्ध भएको छ। बिहान करिव ८ बजे वुद्ध एयरका पाइलटले धावनमार्ग नजिकै चितुवा देखेपछि एटिसीलाई खवर गरेका थिए।

धावनमार्ग र ड्रेनमा देखिएको चितुवा अहिले हराएको छ। विमानस्थल क्लोज गरेर करिव आधा घण्टा चितुवाको खोजी गरे पनि भेटिएको छैन । विहान वुद्ध एयरका पाइलटले चितुवा जस्तो देखियो भनेर खवर गरे विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने,चितुवा हो भन्ने नै कन्फर्म भएको छैन। बन कार्यालयबाट अधिकारीहरु बोलाएका छौं। उनका अनुसार अहिले विमानस्थल सुचारु भएको छ। चितुवा लुकेको अनुमान गरिएको स्थानमा प्रहरी र सिकारी परिचालन गरिएको छ। प्रहरी सहितको सिकारी टोलीले चितुवाको खोजि गरिरहेको छ। विमानस्थलमा पटक पटक जनावर छिर्न थाले पछि सिकारीको व्यवस्था गरिएको थियो।