Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

नयाँ शक्तिका नेता–कार्यकर्ता र प्रहरीबीच तनाव

Monday, April 3, 2017 National Power

२१ चैत, काठमाडौं – आज पनि नयाँ शक्तिका नेता–कार्यकर्ता र प्रहरीबीच तनाव भएको छ । काठमाडौंको बहरमहलस्थित जिल्ला निर्वाचन कार्यालय नजिकै हनुमानथानमा नयाँ शक्तिका नेता–कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यलयले हनुमानथान लगायतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ भने निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईसहितका ६० भन्दा बढी नेता–कार्यकर्तालाई झन्डै १२ घण्टा नियन्त्रणमा राखेको थियो ।आइतबार केन्द्रीय कार्यलय घेराउ गरेको नयाँ शक्तिले आज देशभरका जिल्ला निर्वाचन कार्यलय घेराउको कार्यक्रम राखेको थियो । माईतिघर मण्डला हुँदै जिल्ला अदालत प्रवेशमार्ग हुँदै हनुमानथान मन्दिरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।आज ७५ वटै जिल्लाका निर्वाचन कार्यालयहरुमा नयाँ शक्तिले धर्ना दिने कार्यक्रम बनाएको थियो । नयाँ शक्ति पार्टीलगायत अन्य चुनाव चिन्ह नपाएका दलहरुले संयुक्त रुपमा आन्दोलनमा छन् । निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको नयाँ दललाई संविधानप्रदत्त पाउनुपर्ने दलीय चुनाव चिन्ह पाउने अधिकारबाट बञ्चित गरिएको उनीहरुको भनाई छ । हाल संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई मात्र चुनाव चिन्ह दिने कानूनी व्यवस्था सरकारले गरेको छ ।