Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

उपत्यकामा विद्यार्थीको रहस्यमय मृत्यु

Monday, April 3, 2017 National Power

२१ चैत, काठमाडौँ – पाँच दिनपछि राजधानीको एक कलेजमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको तथ्य खुलेको छ ।

गोठाटारस्थित मदन–आश्रित मेमोरियल टेक्निकल कलेजमा डिप्लोमा इन होटेल म्यानेजमेन्ट तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुरज चौहानको शव पानीट्यांकीभित्र भेटिएको हो, प्रहरीले आत्महत्या वा भवितव्य मृत्यु भएको नयाँ प्रारम्भिक अनुसन्धानमा  आशंका गरेको छ । रामेछाप फुलासी घर भएका चौहान काठमाडौंंको सोह्रखुट्टेमा बस्दै आएका थिए । मृतकका आफन्तले  हत्या भएको आशंका गर्दै प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको आरोप लगाएका छन् ।
साथीको डेरामा गएका सुरज नजिकै रहेको पानीट्यांकीमा मृत अवस्थामा भेटिएका हुन् ।सुरजको मृत्यु भएको पाँच दिनपछि घटना बाहिर आएको हो । उनको १५ चैतमै मृत्यु भएको र शव १७ गते फेला परेको प्रहरीले जनाएको छ । यसअघि आठ कक्षामा अध्ययनरत विद्यार्थी कुन्दन थापामगरले सामाखुसीस्थित प्रहरी स्कुलमै आत्महत्याु गरेका थिए  ।