२१ चैत – आज बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको उपाधिका लागि श्रीलंका र पाकिस्तान विच फाईनल खेल हुने भएको छ । खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि सुरु हुनेछ । २३ वर्षमुनिका टिम खेल्दैछन्
प्रतियोगितामा अहिलेसम्म श्रीलंकाका चरिथ असलंका सबैभन्दा धेरै रन बनाउने ब्याट्स्म्यानका रुपमा छ।
१२ विकेट लिएका पाकिस्तानका ओसामा मिरले सबैभन्दा धेरै विकेट लिने खेलाडीका रुपमा छन् । अहिले सम्म धेरै रन बनाउने ब्याट्स्म्यानको सूचिको दोश्रो नम्बरमा पाकिस्तानका इमाम उल हक छन् ।
टेष्ट मान्यता नपाएका तर राम्रो प्रदर्शन गरिरहेका टिमलाई लक्षित गरी एसियाली क्रिकेट परिषदले आयोजना गरेको प्रतियोगितामा भारत पाकिस्तान श्रीलंका र बंगलादेशका २३ वर्ष मुनिको टिमसँग हङ्गकङ्ग, नेपाल, मलेसिया र अफगानस्तानका राष्ट्रिय टिमले प्रतिस्पर्धा गरेका हुन् ।
प्रतियोगितामा नेपाल पाकिस्तान र बंगलादेशसँग पराजित भयो भने हङ्गकङ्गलाई हराउँदै समूहको तेश्रो स्थानमा रह्यो ।