Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

बोली बन्द हुँदा बाँधेर राखियो बन्दनालाई

Monday, April 3, 2017 National Power

२१ चैत, धादिङ – धादिङको सल्यानटार–७ स्थित बोक्सो गाउँकी एक बालिकाको भूकम्प गयदेखि बोली बन्द भएको छ । ती हुन सल्यानटार–७ कि आमा कमला र धन कुमारी कुमालकी ६ वर्षे नातिनी बन्दना कुमाल ।

२०७२ साल वैशाखमा गएको भूकम्पअघि उनी विद्यालय जाने, सबै संग बोल्ने, विद्यालयमा शिक्षकहरुले पढाएको कुरा घरमा आएर पढ्ने पढ्ने पनि गर्थिन् । जब भूकम्प गयो बन्दनाको बोली पनि बन्द भएको हो।

त्यसपछि बन्दना एकोहोरो हिँड्ने, घरबाट निस्केपछि नफर्कने, जे पायो त्यही खाने गरेपछि घरमा एक्लै छाडेर हिँड्न नमिल्ने र हराउने भएपछि उनलाई घरको पिँढीमा बाँधेर राख्ने गरेको हजुरआमा धन कुमारीले बताईन् ।

अहिले उनी दिसापिसाब लागेको, भोक लागेको पनि चाल नपाउने भएपछि खानेबेला
भयो भनेर आफैले खुवाउनु पर्ने पनि धन कुमारीले बताईन् ।

घरखर्चका लागि ज्यालामजदुरी गर्नुपर्छ । उनको उपचार गराउँदा गराउँदा लागेको ऋण अब तिर्न नसकिने अवस्था आइसकेको बन्दनाको आमा कमलाले बताउनुभयो ।

अहिले उनीहरु सग भूकम्पपछि बनाइएको एउटा सानो कच्ची घर, घर भित्र दुई चार वटा भाँडा रपुरानो भइसकेको कपडाबाहेक केही छैन ।

ज्यालामजदुरी गर्न जाँदा वा घर छाडेर हिँड्नु पर्दा बन्दनालाई बाँधेर राख्ने गरिएकोआमा कमलाले बताईन् । उनले उपचारको लागि सहयोग गर्न पनि आग्रह गर्नुभयो