२१ चैत, धादिङ – धादिङको सल्यानटार–७ स्थित बोक्सो गाउँकी एक बालिकाको भूकम्प गयदेखि बोली बन्द भएको छ । ती हुन सल्यानटार–७ कि आमा कमला र धन कुमारी कुमालकी ६ वर्षे नातिनी बन्दना कुमाल ।
२०७२ साल वैशाखमा गएको भूकम्पअघि उनी विद्यालय जाने, सबै संग बोल्ने, विद्यालयमा शिक्षकहरुले पढाएको कुरा घरमा आएर पढ्ने पढ्ने पनि गर्थिन् । जब भूकम्प गयो बन्दनाको बोली पनि बन्द भएको हो।
त्यसपछि बन्दना एकोहोरो हिँड्ने, घरबाट निस्केपछि नफर्कने, जे पायो त्यही खाने गरेपछि घरमा एक्लै छाडेर हिँड्न नमिल्ने र हराउने भएपछि उनलाई घरको पिँढीमा बाँधेर राख्ने गरेको हजुरआमा धन कुमारीले बताईन् ।
अहिले उनी दिसापिसाब लागेको, भोक लागेको पनि चाल नपाउने भएपछि खानेबेला
भयो भनेर आफैले खुवाउनु पर्ने पनि धन कुमारीले बताईन् ।
घरखर्चका लागि ज्यालामजदुरी गर्नुपर्छ । उनको उपचार गराउँदा गराउँदा लागेको ऋण अब तिर्न नसकिने अवस्था आइसकेको बन्दनाको आमा कमलाले बताउनुभयो ।
अहिले उनीहरु सग भूकम्पपछि बनाइएको एउटा सानो कच्ची घर, घर भित्र दुई चार वटा भाँडा रपुरानो भइसकेको कपडाबाहेक केही छैन ।
ज्यालामजदुरी गर्न जाँदा वा घर छाडेर हिँड्नु पर्दा बन्दनालाई बाँधेर राख्ने गरिएकोआमा कमलाले बताईन् । उनले उपचारको लागि सहयोग गर्न पनि आग्रह गर्नुभयो