Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

डोटी दीपायलमा आगलागीका कारण साढे दुई करोड भन्दा बढीको क्षति

Monday, April 3, 2017 National Power

२१ चैत, डोटी – डोटीको सदरमुकाम दीपायलको पिपल्ला बजारमा आगलागीका कारण साढे दुई करोड रुपैयाँ भन्दा बढी क्षति भएको छ । इलाका प्रहारी कार्यालय दीपायलका अनुसार आगलागीबाट दुई करोड ६१ लाख १८ हजार ४ सय १८ रुपैयाँको नोक्सानी भएको जनाइएको छ । आइतबार जेबी आयल स्टोरमा ट्यांकरबाट पेट्रोल खन्याउने बेला आगो सल्कँदा पेट्रोल पम्पसहित तीन पसल जलेर नष्ट भएका छन् । ना २ ख ४५७९ नम्बरको पेट्रोल भरिएको ट्यांकर र आठ मोटरसाइकल पनि जलेर नष्ट भएका छन् ।
पेट्रोलपम्प नजिकै रहेको डेभिड सर्भिस प्वाईन्टले बेच्न राखेको एक स्कुटरसहित चार वटा अनटेस्टमोटर साइकल, मर्मतका लागि ग्यारेजमा राखिएका से ३ प ४५०० तथा डिभिजन सडकको से १ ब २५७ नम्बरको गाडी, सागर भटट्को से १ प ७७४ नम्बरको मोटरसाइकल समेत जलेर नष्ट भएको छ। यस्तै आगोले क्षति पु¥याएपछि दीपायलमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरद्ध भएको छ ।