२० चैत , दमक – आइतबार बिहान १६ केजी प्रतिबन्धित लागुऔषध गाँजासहित एक वृद्धलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ।पक्राउ पर्नेमा दमक–७ (साविक दमक–१२) का ६० वर्षीय टेकबहादुर लिम्बू रहेका प्रहरीले जनाएको छ।
उनलाई कमल गाउँपालिका वडा नं ६ मंगलबारे नजिकैबाट पक्राउ गरेको हो भने उनले स्कुटरमा गाँजा राखेर दमकबाट गौरादह तिर लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। मे ४ प ९०८२ नम्बरको स्कुटरको अगाडि पट्टि लिम्बूले दुई वटा बोरामा गाँजा राखेर गौरादह तिर जाँदै गरेको गोप्य सूचनाका आधारमा टोलीले फेला पारेको प्रहरीले जनाएको छ।