Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

कागेश्वरी मनोहरा नगरपालीका मा चारपक्षिय भिडन्त हुँदै

Sunday, April 2, 2017 National Power

२० चैत, काठमाडौँ ( काठमाडौँ क्षेत्र नं २ कागेश्वरी मनोहरा नगरपालिकामा २७५०४ मतदाता भएको यस क्षेत्रमा मेयरका लागि ४ दल विच भिडन्त हुन लागेको हो ।

त्यस्तै एमालेका तर्फबाट तीन जना नेता राजाराम पुडासैनी, कृष्णहरी थापा मनिराम फुयाँल वीच मेयर लागि होड चल्दैछ आए पनि कृष्णहरी थापाको सम्भावना बलियो देखिएको एमाले कार्यकर्ताहरुले बताएका छन् ।

काँग्रेस तर्फबाट मेयरका लागि उपे्रन्द कार्की र विष्णुदेवी पुडासैनीले आ आफ्नो दावेदारी प्रस्तुत गरीरहेका छन् ।उक्त नगर क्षेत्रमा मेयरका लागि राप्रपाका  लोक प्रिय  युवा नेता मणि शिम्खडा र शम्भु थापा बीच होड चलिरहेको बेला शिम्खडा युवा वीच लोकप्रिय रहेको र जनसम्पर्कमा रहि जनताको सेवामा काम गर्दै आएका उनी शालिन, भद्र, राप्रपा आन्दोलनको योद्धा, सक्षम, सबल, क्षमतावान सामाजिक विकास, पार्टीमा सक्रियताका साथ काम गर्दै आएकोले उनमा राम्रो पकड भएकोले टिकट पाउने सम्भावना प्रवल रहेको राप्रपाको कार्यकर्ताले बताएका छन् । माओवादि तर्फबाट मेयरका लागि भने महेश्वर फुयालको सम्भावना रहेको छ ।