Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

कोलम्बियामा बाढी तथा पहिरोका कारण २५४ जनाको मृत्यु, ४०० घाइते

Sunday, April 2, 2017 National Power

२० चैत, – लगातारको वर्षापछि दक्षिण अमेरिकी देश कोलम्बियामा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेको संख्या २ सय ५४ पुगेको छ भने चार सय जना जना घाइते भएका छन्।

बाढी तथा पहिरोमा परि दुई सय भन्दा धेरै बेपत्ता भएको र चार सय  जना घाइते भएको रेड क्रसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । रातभरि भएको वर्षाका कारण स्थानीय नदीमा पानीको बहाव उच्च भएको छ भने बाँध फुटेका छन् । बाढी तथा पहिरोका कारण पुटुमायो प्रान्तका धेरै घरमा क्षति पुगेको रेड क्रेसले जनाएको छ । राष्ट्रपति आन म्यानुएल सान्तोसले प्रभावित क्षेत्रको अवलोकन गरेको छ । राष्ट्रिय आपतकालिन उद्धार अन्तर्गत सुरक्षाकर्मी खटिएको उनले बताएको छ । उनले प्रभावित क्षेत्रमा राष्ट्रिय आपतकालिन अवस्था घोषणा गरेको छ । उद्धार तथा राहतका लागि ११ सय भन्दा धेरै सैनिक तथा प्रहरी घटिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।