Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

बैशाख १ मा फिल्म लभ लभ लभु रिलिज हुने

Sunday, April 2, 2017 National Power

२० चैत, काठमाडौं  – आउँदो बैशाख १ मा फिल्म लभ लभ लभु रिलिजको लागी तयार मा रहेको छ ।

यो फिल्मीमा अमृत पाण्डेको प्रस्तुती अनि शर्मिला पाण्डेको निर्माणमा बनेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् । निरज कंडेलले खिचेको फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का लिड अभिनयमा छन् ।

सुरजले यसअघि भने वाल कलाकारको रुपमा आधा दर्जन फिल्ममा काम गरिसकेका छन् । यो फिल्म लिड अभिनयमा डेब्यू हुनेछ ।

पछिल्लो पुस्तामा ुफास्टफुडु शैलीको प्रेम फस्टाउँदै गएपनि आदर्श प्रेम नमरिसकेकोले सच्चा अनि गहिरो प्रेम गर्नेहरु पनि छन् भन्ने कुरा फिल्मले बोल्ने उनले बताए ।

खनालले संवादबाहेक कलाकारको हाउभाउ र परिस्थितिले दर्शकमा सञ्चारको काम गर्ने र यो प्रकारको स्वाद आफ्नो फिल्मले पस्किने दाबी गरे ।