Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

नयाँ शक्तिका कार्यकर्ता र प्रहरीबिच झडप

Sunday, April 2, 2017 National Power

२० चैत, काठमाडौं – नयाँ शक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई सहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन आयोग घेर्न गएका उनीहरुलाई प्रहरीले प्रकाउ गरेको हो ।

नयाँ शक्तिका कार्यकर्ताहरुले प्रहरीको सुरक्षा घेरा तोडेकाले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गर्दा केही नेता कार्यकर्ता सामान्य घाइते भएका छन् भने दुई दर्जन बढी कार्यकर्ता पक्राउ परेका हुन् ।

अहिले निर्वाचन आयोग अगाडी कान्तिपथ क्षेत्रको वातावरण सामान्य नै रहेको प्रहरीले जनाएको छ । भट्टराई दलिय चुनाव चिन्ह माग्दै निर्वाचन आयोग घेर्न गएका थिए । यस्तै बैद्य माओबादीका नेता सिपी गजुरेल पनि सोही समयमा गिरफ्तारीमा परेका हुन ।