Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

Friday, March 31, 2017 National Power

१८ चैत, दोलखा – दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोट कालीदहमा बिहीबार बेलुका ट्रिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बैतेश्वर गाउँपालिका–१ गैरीमुदीका संजिव तामाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा लु अ प ५४६ नम्बरको ट्रिपर रहेका र गैरीमुदीका प्रभुशरण मोक्तान र गैरीमुदीकै ट्रिपर चालक अविनाश तामाङ घाइते भएका छन् ।
चालक तामाङको चरिकोटमा उपचार हुन नसकेपछि बिहीबार राति नै उपचारको लागि काठमाडौं ल्याइएको छ । अर्का घाइते प्रभुशरण मोक्तानको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालमा उपचार भइरहेको ।