Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

ऐतिहासिक सम्पदाहरुको पुर्ननिर्माण सुरु भएको पुरातत्व विभागको दाबी

Friday, March 31, 2017 National Power

१८ चैत, काठमाडौं २०७२ सालको भूकम्पले क्षति पुर्याएको मन्दिर तथा पाटी निर्माणलाई तीव्र पारेको पुरातत्व विभागले दाबी गरे पनि केही मन्दिर, पाटी तथा सत्तलको मात्रै जिर्णोद्वार भएको छ । निर्माण हुँदै गरेको संरचनामा ठूलो बजेटमा ९ करोड देखि सानो बजेटमा ५ लाखसम्म छ ।

अहिलेसम्म काठमाडौंका लौहदेह, जमाचो पाटी, इचंगुनारायण सत्तल, बद्री नारायण र मन्दिर र भक्तपुरको रामेश्वर ललितपुरको प्याङगाउँको दुईवटा निर्माण भएका मन्दिर तथा पाटीमा छन् । प्याङगाउँकै एउटा पाटी भने निर्माणाधीन अवस्थामा छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा १२ वटा मन्दिर तथा पाटी निर्माण गरिसक्ने पुरातत्व विभागले जनाएको छ ।

पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले काठको अभावका कारण निर्माणमा ढिलाइ भएको बताए ।
निर्माण प्रक्रियाको सुरुआत नै ढिलो भएकाले काम सम्पन्न हुन पनि ढिलो भएको जानकारी दिए । सम्पन हुनेमा भक्तपुरका दक्षिण बाराही, अनन्तलिंगेश्वर लगायतका छन् ।

अब पुनर्निर्माण तथा जिर्णोद्वार कार्यले निरन्तरता पाउने रअबको तीन वर्षभित्र सबै क्षतिग्रस्त संरचना तयार भइसक्ने घिमिरेले दाबी गरे ।

 

विभागका अनुसार निर्माणको जिम्मेवारी पाएको धरहराको ड्रइङ एन्ड डिजाइन पनि अन्तिम चरणमा पुगेको छ । अबको केही दिनमै पुनर्निर्माण प्राधिकरणलाई बुझाइने जानकारी दिएको छ ।