Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

ब्ल्याकमेल गर्न खोज्ने एक युवक प्रहरीको फन्दामा

Friday, March 31, 2017 National Power

१८ चैत, काठमाडौं – युवतीलाई नसालु पदार्थ सेवन गराई अश्लिल भिडियो तयार गरेर ब्ल्याकमेल गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बैतडी जिल्ला, देहमाण्डौँ ६ का २३ वर्षका राज बहादुर बोहरालाई केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको हो । उनलाई ब्युरोबाट विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य जारी राखेको ब्युरोले जनाएको छ ।
विभिन्न माध्यमद्धारा सामाजिक संजालको दुरुपयोग गरि व्यक्तिगत चरित्र हत्या गर्ने, अवाञ्छीत कृयाकलापहरु मार्फत् मानसिक पिडा दिई समाजमा नकारात्मक सन्देश फैलाई व्यक्तिगत चरित्र माथि नै प्रश्‍न चिन्ह खडा हुने गरि व्यक्तिगत छवि तथा पारिवारीक सम्बन्ध समेत धमिल्याउन खोज्ने गतिविधि बोहोराले गरेको प्रहरीले जनाएको छ ।
काठमाण्डौ २६ की युवतीलाई पटक पटक टेलिफोन मार्फत् कुराकानी गरि बिभिन्न बाहानामा अप्रत्यासित रुपमा रातको समयमा  कोठामा प्रवेश गरि निजलाई नशालु पदार्थ खुवाई निजको अश्लिल भिडियो खिचेको प्रहरीले जनाएको छ ।
सोही भिडियो म सँग छ भन्दै पैसा तथा गरगहना ठगी गर्ने कार्यमा संलग्न रही पिडितको नातेदारहरुलाई समेत सो भिडियो फेसबुक म्यासेन्जर मार्फत् पठाईदिई पिडितलाई निरन्तर रुपमा मानसिक पिडा दिने तथा पिडितको चरित्र हत्या गर्ने कोशीश उनले गरेको प्रहरीले जनाएको छ ।