Wednesday 16th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

भालुको पित्तको कारोबार गरेको आरोपमा तीन जना पक्राउ

Thursday, March 30, 2017 National Power

१७ चैत, काठमाडौँ – महानगरीय अपराध महाशाखाले भालुको पित्तको कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

ललितपुर खोकनाका ४७ वर्षीय गनु डंगोल, नुवाकोट जिल्ला घर भएका २६ वर्षीय सोनाम तामाङ र नुवाकोटमा नै घर भएका ३५ वर्षीय दुर्गाबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो। सूचनाका आधारमा महाशाखाले तीनै जनालाई भालुको पित्त बेच्न हिँडेकाहरुलाई स्वयम्भूबाट पक्राउ गरेको हो। उनीहरुलाई आवश्यक कारबाहीका लागि  महाशाखाले जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ।