Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

शाहको हत्यारालाई पक्राउको माग गर्दै नेविसंघको प्रदर्शन

Thursday, March 30, 2017 National Power

१७ चैत, काठमाडौं – रविन्द्र शाहको हत्यारालाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै  नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले राजधानी लगायत मुलुकभरका क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।
जाजरकोटका नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य शाहको मंगलबार बेलुका जिल्ला अस्पताल नजिक ढुंगा प्रहार गरी हत्या गरिएको थियो । सो घटनाप्रति खेद व्यक्त गर्दै नेपाल विद्यार्थी संघले हत्याराको पहिचान गरी कारबाही गर्न माग गर्दै मुलुकभर विरोध प्रदर्शन गर्नुको साथै क्याम्पस अगाडि बिहान एक घण्टा चक्का जाम गरेका हुन । बुधबार पनि नेपाल विद्यार्थी संघले राजधानी लगायत मुलुकभर विरोध प्रर्दशन गरेको थियो । संघले २४ घण्टा भित्र हत्यारालाई कारवाही नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।