Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

नेपाल र हङकङ अंकविहीन दुवै टिम आजको खेलमा भिड्र्दै

Thursday, March 30, 2017 National Power

१७ चैत्र,काठमाण्डौ –  बंगलादेशमा जारी  एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह ‘बी’ हङकङसंग आज नेपालले अन्तिम खेलमा भिड्र्दै छ । यस अघि दुवै खेलमा हार बेहोरेपछि नेपाल र हङकङ अंकविहीन अर्को चरण पुग्ने समीकरणबाट बाहिरिइसकेका छन् ।

एसीसीले आयोजना गरेको प्रतियोगिताको यो दोस्रो संस्करण हो ।

यस अघिका दुई खेलमा नेपालले पाकिस्तानसँग ६ विकेट र बंगलादेशसँग ८३ रनपछि परेको थियो ।

बंगलादेशमा भइरहेको प्रतियोगितामा टेस्ट मान्यताप्राप्त देशले यू–२३ टिम उतारेका छन् भने अरु एसोसिएट देशले आफ्नो राष्ट्रिय टिम खेलाएका छन् । हङकङ भने बंगलादेशसँग ८ विकेट र पाकिस्तानसँग २ सय ४८ रनले पराजित भयो ।