Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

खराव मौसमका कारण हवाई उडान रद्द

Wednesday, March 29, 2017 National Power

१६ चैत, काठमाडौं –  खराव मौसमका कारण काठमाडौंबाट विभिन्न जिल्लाका लागि तय भएको १० भन्दा बढी हवाई उडान रद्द गरिएको सम्बन्धित एयरलायन्स कम्पनीहरुले जनाएको छ ।

खराब मौसमका कारण बुद्ध एयरले पोखराका लागि राखेको ४ वटा उडान, सिम्रिक एयरले पोखराकै लागि राखेको उडान र गोमा एयरको पोखरा, लुक्ला र फाप्लुका लागि राखेको उडान पनि रद्द भएका छन् । नेपाल एयरलायन्सले खोटाङको खानीडाँडा, यति एयरको पोखरा उडान पनि रद्द भएका छन् । मध्यान्हसम्मका धेरैजसो उडानहरु रद्द भएपनि १२ बजेपछि मौसममा सामान्य सुधार भएपछि त्यसपछिका उडान सुचारु भएको सम्बन्धित एयरलायन्स कम्पनीहरुले जनाएका छन् ।