Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

स्थानीय तहको चुनावलाई मध्यनजर गरी नेपाली कांग्रेसले तयारी तीव्र

Wednesday, March 29, 2017 National Power

१६ चैत, काठमाडौं – वैशाख ३१ गते हुने स्थानीय तहको चुनावलाई मध्यनजर गरी नेपाली कांग्रेसले तीव्र तयारी थालेको छ । कांग्रेसले संविधान बमोजिम राज्यको पुनर्संरचना र स्थानीय तहको चुनावका लागि पार्टीको तर्फबाट सम्बन्धित तहमा पार्टी सङ्गठन परिचालन गर्ने र उम्मेदवार चयन गर्ने लगायतका विषयमा आफ्नो विधानमा थप व्याख्या र स्पष्ट गरेको छ ।
कांग्रेसको तीन दिनसम्म राजधानीमा बसेको केन्द्रीय समिति बैठकले १३ औँ महाधिवेशनबाट गठित पार्टी संरचना कायम रहने गरी विद्यमान संरचनामार्फत जनस्तरसम्म सङ्गठन विस्तार गरी परिचालन गर्ने निर्णय गरेको जनाएको छ । स्थानीय तहको चुनाव प्रयोजनका लागि पार्टीले गाउँपालिका र नयाँ गठन भएको नगरपालिकाको केन्द्र रहेको गाउँ एकाइ सभापतिलाई संयोजक र अन्य एकाइ सभापतिलाई सहसंयोजक तथा सबै एकाइ कार्यसमितिका अहिले बहाल सबै पदाधिकारीलाई गाउँपालिका समन्वय समितिको सदस्य कायम गर्ने निर्णय गरेको छ ।