Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

पत्रकार महासङ्घ ६२औँ वर्षमा प्रवेश

Wednesday, March 29, 2017 National Power

१६ चैत, काठमाडौँ – नेपाल पत्रकार महासङ्घ आज ६२औँ वर्षमा प्रवेश गरेको छ । यहि अवसरमा महासङ्घ केन्द्रीय कार्यालय र प्रत्येक जिल्लामा प्रभातफेरी लगायत विभिन्न कार्यक्रम गरिँदैछ ।
महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले मुलुकभर र संसारभरि छरिएर रहेका महासङ्घका सदस्य एवम् नेपाली सञ्चारकर्मीमा बधाई तथा शुभकामना व्यक्त गर्दै जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आफ्ना अग्रजले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासङ्घको उद्देश्य हासिल गर्न अझ सशक्त रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“नेपाली सञ्चार क्षेत्र अहिले विभिन्न अवसर र चुनौतीको बीचबाट गुज्रिरहेको छ, प्रेस स्वतन्त्रता हननका घटनामा सङ्ख्यात्मक केही कमी आए पनि प्रवृत्तिगत अवस्था उस्तै रहेको छ भने दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै छ, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र न्यूनतम पारिश्रमिकको भुक्तानी अवस्थामा सुधार भए पनि समस्या हटिसकेको छैन”, विष्टद्वारा जारि विज्ञप्तिमा भनिएको छ । महासङ्घ विसं २०१२ मा स्थापना भएको हो ।