Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

विद्यालयमाअज्ञात समुहद्धारा आगजनी

Wednesday, March 29, 2017 National Power

१६ चैत, बैतडी – बैतडीमा अज्ञात समूहले विद्यालयमा आगजनी गर्दा चारवटा कोठा जलेर नष्ट भएका छन् । पुरचौडी नगरपालिका–१० विजयपुर स्थित रौलेश्वर माविमा अज्ञात समूहले मंगलबार राति आगजनी गरेको हो । आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट विद्यालयको ५ कोठे भवनको चारवटा कोठा जलेर पूर्ण रुपमा नष्ट भएको पुरघाट प्रहरीचौकीले बताएको छ। विद्यालयको कार्यालयका सबै कागजात आगजनीबाट  जलेर नष्ट भएको छ। आगजनी गरेको ठाउँमा गुड भिजन पार्टी भारत नामको पर्चा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानाएको छ। गुड भिजन पार्टी भारत नामको पर्चामा विद्यालयका प्रधानाध्यापक पदमबहादुर बिष्टले अनियमितता गरेको, शिक्षकलाई अन्य काममा लगाएको, विद्यालयको पढाईमा ध्यान नदिएको लगायतका आरोप लगाइएको प्रहरीले बताएको छ। घटनाका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।