Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

प्रहरी टोलीमाथि हातपात महोत्तरीमा

Wednesday, March 29, 2017 National Power

१६ चैत, महोत्तरी – अभियुक्तलाई पक्राउ गर्न जाँदा महोत्तरीको लक्ष्मीनियाँमा प्रहरी टोलीमाथि हातपात भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्राप्त पत्रअनुसार अभियुक्त विसेश्वर महतो र उनका सुवोध महतो नुनियालाई पक्राउ गर्न जाँदा असईसहित तीन प्रहरीमाथि हातपात भएको हो ।

चैत्र २ गते लक्ष्मीनियाँ–८ बस्ने विसेश्वर महतो र उनका ९ वर्षीय छोरा सुवोध महतो नुनियालाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराउने पत्र अनुसार पक्राउ गर्न गएका ३ जना प्रहरी माथी हातपात भएको कान्तिबजार प्रहरी चौकीले बताएको छ। स्थानीयले असई जितबहादुर बस्नेत, हवल्दार श्याम बाबु कुशवाहा र प्रहरी जवान शिव शंकर महतोमाथि हातपात गरेको असई बस्नेतले बताए ।गत फाल्गुण २ गते चौकीमा दर्ता भएको निवेदन सम्बन्धमा गाउँमै छलफल सम्भव नभएपछि जिल्लामा उपस्थिति गराउने आदेश भएको पत्र चौकीमा प्राप्त भएपछि सोही अनुसार उनीहरुलाई पक्राउ गर्न जाँदा स्थानीय विशेश्वर महतो र आफन्त महिलाहरुले हातपात गरेको कान्तिबजार प्रहरी चौकीका असई बस्नेतले बताए ।